प्रेम खड्का
बामरुक, असोज १७ अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका- ७ हँसपुरको बामरुकमा अवस्थित नरसिंह स्थान यो धार्मिक स्थल सदरमुकाम सन्धिखर्कदेखि उत्तरमा करिब १९ किलोमिटरको दूरीमा रहेको छ ।
हिन्दु धार्मिक अनुसार सत्ययुगमा विष्णु भगवानले चौथो अवतारको रूपमा नरसिंह अवतार यहाँबाट लिई दैत्य राजा हिरण्यकश्यपको बध गरी भक्त प्रह्लादको रक्षा गरेका थिए भनिन्छ ।
स्थानीय मणिराम बस्नेतले वि.सं. १९९० सालदेखि ध्यानमागन भइ पुजा आरजा गरी थापना गरेको स्थानीयहरु बताउछन् । २०५६ साल मा मणिराम बस्नेतको मृत्यु भएको थियो । स्व. बस्नेतको दिनचर्या भक्तिभावमै बितेको कुरा यहाँका स्थानीयले बताए । विष्णु भगवानको चौथो अवतार श्री नरसिंह भगवान भनेर पूजा गरिन्छ । विस्तारै विकास भयो अहिले नरसिंह स्थान अरिपरिको प्राकृतिक दृश्य अत्यन्त रमाइलो एवम् भक्तजनको मनलाई लोभ्याउने खालको रहेको छ । कटेज ,गुफा, लामा ढुङ्गा का शिला आकर्षक खालको गेट हेर्न पाइन्छ ।
हिरण्यकश्यप राक्षस रहेको ढुङ्गाका सिला प्राकृतिक दृश्य यहाँ प्रस्टसँग देख्न सकिन्छ । बन गाउँ नजिक भएको कारण केहि समस्या छैन । यो मन्दिरमा भाकल गरे पछि मनोकामना पुरा हुने विश्वास रहेको छ । त्येसैले राँगा, भेडा, कुभिण्डो ,कुखुरा,आदिको बलि पनि दिने गरिन्छ । मन्दिर, प्राकृतिक सम्पदाको संरक्षण तथा प्रचारप्रसार गरे बाहिरी पर्यटनलाई भित्र्याउन सकिन्छ ।