बाँगीको गुराँसेमा चोरी, सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ( तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
गुराँसे, अर्घाखाँची (अर्घाखाँचीडट्कम)।  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ५ बाँगीको गुराँसेमा चोरी, सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रा नगर्न साबधानी अपनाउन आफ्नो टोल छिमेकमा सचेत हुन छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
ईलाका प्रहरी कार्यालय खन अर्घाखाँचीको आयोजनामा”समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत गुराँसेमा टोलका स्थानियवासी, बुद्धिजिवी तथा ब्यापारी समेतको उपस्थितिमा प्र.ना.नि.घन बहादुर बोहराले चोरी, सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रा नगर्न साबधानी अपनाउन आफ्नो टोल छिमेकमा सचेत हुन छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको थियो । 

अन्य समाचारहरु