सन्धिखर्कको कुरमा कांग्रेस वार्ड २ कार्य समितिको श्रद्धाञ्जली सभा सम्पन्न

अशोक पौडेल 
कुर, असोज १८ । नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वार्ड नम्वर २ कुर वार्ड कार्य समितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वाड नम्वर २ कुर निवासी बुद्धिराम गौतम, बाबुराम गौतम ,जीवन गौतम ,महेश गौतमका पिता तथा साबित्रा गौतमका श्रीमान नेपाली कांग्रेसका इमान्दार कार्यकर्ता तथा समाजसेवी झबिलाल गौतमको नवौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका पूर्व पाटी सभापति तथा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, नेपाली कांग्रेस वडा नम्बर २ का सभापति बिष्णु प्रसाद भुसाल पाणिनि बहुमुखी क्याम्पसका प्राध्यापक माधवराज चुदाली शान्ति समाजका सभापति अशोक पौडेल समाजसेवी लिला ढुंगाना लगायतले मन्तब्य राख्दै झबिलाल गौतमको मृत्युले पाटीमा अतुलनीय क्षती पुगेको बताउनु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस वडा नम्बर २ का कांग्रेस नेता , कार्यकर्ता को उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु