धातिवाॅङका उमेश फ़र्निचर उद्योगका संचालक पौडेल ६ दिनदेखि वेपत्ता, गाँउ नै चिन्तित


डिआरजी सुमन
धातिवाॅङ , अर्घाखाँची पाणिनी डेक्स (अर्घाखाँची डटकम्)  । पाणिनी गाँउपालिका वडा नं ६ धातिवाॅङ वाढुँङ्गा स्थित उमेश फ़र्निचर उद्योगका संचालक सेमलाल पौडेल गत ६ दिन देखी वेपत्ता हुदा गाँउ नै चिन्तित छ । साविकको धातिवाङ गाविस वडा न. ४ कोटमा २०३३ फागुन १६ गते जन्मिएका सेमलाल पौडेल अति लगनशील,मेहनती र ईमानदार पौडेल एक फ़र्निचर व्यावसायि पनि भएकोले यतिवेला फ़र्निचर उद्योग पनि ठप्प भएको हुदा दशैको मुखमा फ़र्निचर अवश्य पर्ने सेवाग्राही समेत चिन्तित छन । 
घरमा श्रीमती दुई छोरा र एक छोरी छोडेर एकाएक वेपत्ता भएका पौडेल ६ दिन सम्म सम्पर्कमा नआउदा ज्योतिष लाई हेराउने देखी पुलिस रिपोर्ट गर्ने काममा परिवार जुटेको छ । मंगलवार साँझ घरयासी विवाद भएको थियो तर ठुलो विवाद केही पनि थिएन अर्को दिन विहानै ५ वजे घरवाट उठेर मोटर साईकिल स्टाट गरी हिड्नु भएको हाल सम्म सम्पर्क आउनु भएको छैन मोवाईल पनि स्वीच अफ छ कता जानु भयो के भयो होला भन्ने क़ुरामा हामी अन्यौलमै छौ सेमलाल पौडेलको कान्छो छोरा प्रकाश पौडेलले अर्घाखाँची डटकमलाई वताउनु भयो ।
सेमलाल पौडेल वेपत्ता भएको खवर छ तपाईहरुसँग के रिपोर्ट आएको छ भन्ने पत्रकारको जिज्ञासामा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश खत्री भन्नु हुन्छ आज ५ दिनपछि मात्र उहाँको छोरा आएर जिल्ला प्रहरी कार्यलयमा रिपोर्ट गर्नु भएको छ । रिपोर्ट आए लगतै हामी सवै तीर खोज तलासको लागी पत्राचार गरेका छौ । 
यसरी वेपत्ता भएको खवर पाएपछि स्थानीयहरु वन जंगलमा पनि खोज तलास गरि रहेका भएपनि अहिले सम्म सम्पर्कमा नआएको स्थानीयहरुको भनाई छ । 
सेमलाल पौडेल हराएको खवर छ तपाईहरुसँग कुनै जानकारी केही छ कि भन्ने जिज्ञासामा पाली प्रहरी चौकी प्रमुख असई मान वहादुर खत्री भन्नु हुन्छ यो अनुसन्धान कै पाटो भएकोले खोज तलास गर्नु जरुरी रहेकोले प्रहरीको तर्फवाट अवश्य पहल सुरु भएको वताउनु हुन्छ ।

अन्य समाचारहरु