सन्धिखर्कको आटिकापाटा जिल्ला कारागारका कैदी बन्दीहरुलाई दशैको बोका हस्तान्तरण ( तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
आटिकापाटा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाबाट जिल्ला कारागार अर्घाखाँची आटिकापाटामा बाेका सहितका सामग्री हस्तान्तरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 
जिल्ला कारागार अर्घाखाँचीमा रहेका कैदि बन्दीहरुलाई बडा दशैको अबसर पारेर बोका हस्तान्तरण गरेको हो ।
नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले कैदि बन्दीहरुलाई बोका हस्तान्तरण गर्दै बडा दशै तिहार छड पर्बको शुभकामना ब्यक्त गर्नु भएको थियोे ।
हस्तान्तरण कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक लगायतले कैदी बन्दीको अबस्थाबारे जानकारी लिदै दसैको शुभकामना दिनु भएको थियोे । नगरपालिकाबाट बोका प्राप्त भएपछि बन्दीहरु हर्सित बनेका थिए ।

अन्य समाचारहरु