अर्घाखाँची र गुल्मी सिमा सुरक्षाका बारेमा छलफल तथा समन्वय बैठक सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची र गुल्मी का प्रमुख जिल्ला अधिकारी हरुको उपस्थितिमा सिमा सुरक्षाका बारेमा छलफल तथा समन्वय बैठक जिल्ला प्रसासन कार्यलय अर्घाखाँची मा सम्पन्न भएको छ  ।  
सो समन्वय बैठकमा गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पन्थी र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल  को उपस्थिति मा सिमामा हुने अपराधिक क्रियाकलाप नियन्त्रण  गरि शान्ती सुरक्षा कायम गर्ने विषयमा छलफल भएको  अर्घाखाँची का प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनु भयो । साथै बैठकम दुईपक्षिय सुचना आदान प्रदान गरि शान्ती सुरक्षा अमनचयन कायम गर्ने विषयमा घनिभुत छलफल भएको गुल्मी का प्रमुख जिल्ला अधिकारी यदुनाथ पन्थि ले  बताउनु भयो    ।  
सिमा क्षेत्रमा सयुक्त गस्तीलाई प्रभावकारी बनाउने ,समन्वय सहयोगबाट दुवै जिल्लामा शन्ती सुरक्षा कायम गर्ने विषयमा छलफल तथा महत्वपुर्ण निर्णय भएको पौडेलले बताउनुभयो । बैठकमा अर्घाखाँचीका रामवाण गण गुल्मपति सुमन थापा,प्रहरी नायव उपरिक्षक प्रकास विष्ट,सशस्त्र प्रहरी नायव उपरिक्षक माधव रेग्मी,अनुसन्धान अधिकृत विनय चर्तुवेदी लगाएतको उपस्थिती रहेको थियो ।

अन्य समाचारहरु