डिआरजी सुमन
अर्घाखाँची डटकम् / मैदान । पाणिनी ५ आलम नगर सल्लेरीमा रहेको आलम देवी मन्दिरमा कोजाग्रत पुर्णिमाको अवसरमा शान्तिपूर्ण रुपमा सराय नाच सम्पन्न हजारौ दर्शकको उपस्थिति प्रदेश सांसद रामजी प्रसाद घिमिरे र पाणिनी गाँउ पालिका अध्यक्ष अच्युत गौतम सहितका विशिष्ट व्यक्तित्वको पनि उपस्थिती कड़ा सुरक्षा व्यास्थाका साथ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अन्त्यमा आयोजकको तर्फवाट मन्दिर व्यावस्थापन समितीका अध्यक्ष लक्ष्मण पाण्डे र खिमा नन्द वेल्वासेले सुचना र संचारको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भनि पत्रकार डिआरजी सुमन,दिनेश गैरे,प्रदीप सुर्यवंशी,घनेश्याम पौडेल, सेल्फ़ी वाजे सहितलाई खादा र अविरले सम्मान गरेका थिए ।
प्रकाश परियारको संयोजकत्वमा सागर घिमिरे असोक वेल्वासे सहितको टिमले सराय नाच सम्पन्न गरेको थियो ।
फोटो फिचर : डिआरजी सुमन/अर्घाखाँची डटकम