प्रकासित मिती: असोज २७, २०७६
सुर्य भुसाल
अर्घाखाँची असोज २७ । आफ्नो ५२ औं जन्म दिनको अबसरमा अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले अर्घाखाँची अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल तथा जुस बितरण गर्नु भएको छ । साथै ५ जना जेष्ठ नागरिकहरुलाई सन्धिखर्कबाट बुटवलसम्मको भाडा तिरि निशुल्क बनाई दिनु भएको छ ।
पश्चिम नेपाल बस ब्यबसायी प्रलि अन्तरगत सन्धिखर्क काउनटर बाट प्रजिअ पौडेलले भाडा तिरेर ५ जना ६५ बर्ष नागेका जेष्ठ नागरिक हरुको भाडा काउन्टर लाई बुझाई टिकट निशुल्क गर्नु भएको पश्चिम नेपाल बस प्रालि शाखा प्रमुख कमल प्रसाद भट्टराई ले जानकारी दिनु भयो ।प्रजिअ पौडेलले आफ्नो जन्म दिनको अबसर मा अन्य खर्च कटाई बिरामिलाई फलफुल बितरण तथा जेष्ठ नागरिकको भाडा तिरि उदाहरणीय कार्य गर्नु भएको हो ।
अर्घाखाँचीमा आएका प्रमुख जिल्ला अधिकारि मध्य आफ्नो जन्म दिन यसरि मनाउने प्रजिअ पौडेल पहिलो भएको जिल्ला बासिले महसुस गरेका छन ।प्रजिअ पौडेल लाई अर्घाखाँची युवा परिषदले आयोजना गरेको एवाईसि भलिवल प्रतियोगिता मा सामुहिक बडडे शुभकामना समेत प्रदान गरिएको थियोे ।