धन्चौरको डडुवामा विविध सस्कृतिक कार्यक्रम सम्पन्न, जनतालाई अनुभुति हुने गरि बिकासको काम गर्ने सांसद घिमिरेको दावी ( तस्बिर सहित)

प्रकासित मिती:   असोज २७, २०७६ 


हृदय भुसाल 

धन्चौर ।  प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले जनतालाई लाई महसुस हुने गरि बिकासको काम लाई अगाडी बढाएको बताउनु  भएको छ  । 
भुमिकास्थान नगरपलिका धन्चौरको डडुवामा रहेको  ज्ञानोदय युबा क्लबले आयोजना गरेको विविध सस्कृतिक कार्यक्रम उड्घाट्न गर्दै घिमिरेले यस्तो बताउनु भएको थियो । 
सासद घिमिरेले  नेकपा नेतृत्वको सरकारले गरिबी र अशिक्षालाई उन्मुलन गर्ने गरि योजनाबद्व रुपमा काम गरेको भदै उहा लामो समय राजनैतिक अस्थिरताको कारणले जनताको  बिकास र समृद्धिको सपना पुरा हुने नसकेको बताउनु भयो । 
उहाँले जिल्लाको बिकासमा प्रदेश सरकार बाट प्रयाप्त बजेट बिनियोजन गर्न सफल  भएको भन्दै घिमिरेले जनताको माग र आबश्यताको आधारमा बिकासको गतिलाई तिब्रताका साथ  अगाडी बढाउने बताउनु भयो ।घिमिरेले घनचौरको भौतिक बिकास शिक्षा स्वास्थ खानेपानी खेलमैदान र पर्यटन तथा कृषि बिकासमा विशेष चासोका साथ काम गर्ने बताउनु भयो ।
कार्यक्रममा भुमिकास्थान नगरपालिका वाड १० अध्यक्ष खगिस्वर पन्थी नेकपा नेता प्रेम नारायण गैरे पत्रकार हृदय भुसाल युनहेबिट्याटका शिबराज न्यौपाने  लगाएले कार्यक्रम सफलताको सुभकामना व्यक्त गर्नु भएको थियो । 
उक्त कार्यक्रममा जेष्ठनागरिक तथा अपांग हरु लाई सम्मान गरिएको थियो विविध सास्कृतिक कार्यक्रम मा राष्ट्रिय कलाकार सान्तीश्री परिवार बिश्वास नेपाल सुरज पुन लगाएका कलाकार हरुको बेजोड प्रस्तुति रहेको थियो ।कार्यक्रम क्लबका  सयोजक बिष्णु गैरेको अध्यक्षता युबराज गैरेको संचालन र सरस्वता बिकको स्वागत मनत्ब्यमा पहिलो चरणको कार्यक्रम सम्पन्न  भएको छ ।

अन्य समाचारहरु