प्रकासित मिती: असोज २७, २०७६
प्रेम नारायण आचार्य
सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कमा सोमबारदेखि सर्वाधिक पुरस्कार राशीको एवाईसी अन्तर पालिकास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगीता सुरु भएको छ।
युवाहरुको एकता समाज सुधारमा अग्रसरताु भन्ने नाराका साथ चुत्रावेसीमा स्थापित अर्घाखाँची युवा परिषद्को आयोजनामा भएको भलिबल प्रतियोगीतामा जिल्लाका ६ वटा स्थानीय तहको सहभागिता रहेको छ।भलिबल प्रतियोगीतामा प्रथम हुने टिमलाई ५० हजार, दोस्रो हुने टिमलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार नगदका साथ आकर्षक शिल्ड, मेडल र प्रमाण प्रदान गरिने परिषद्का महासचिव प्रकाश भुसालले बताए।रनिङ शिल्ड जित्ने टिमलाई नगद एक लाखको साथमा शिल्ड पनि प्रदान गरिने उनको भनाई छ ।गत वर्ष शितगंगा नगरपालिकाले यो उपाधी जितेको थियो ।
प्रतियोगीताको जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले उद्घाटन गरे। उद्घाटन समारोहमा नेता भुसालले खेलकुदले नै राष्ट्रलाई विश्वमा चिनाउने भएकाले खेलकुदको विकासमा सरकार गम्भीर भएर लाग्नुपर्ने बताए।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल, शितगंगा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारी, पाणिनि गाउँपालिकाका प्रमुख अच्युत गौतम, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, मालारानी गाउँपालिकाका उपाध्यक्ष प्रमिला क्षेत्री, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, पत्रकार महासंघका अध्यक्ष हिम लेकालीलगायतको उपस्थिति रहेको थियो।