अर्घाखाँचीडट्कम संवाददाता
बामरुक, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ७ हंसपुरको बामरुक भालुपोखरामा एक जनाको आफ्नै बुबाको चौरासी पुजा चलिरहेकै अबस्थामा नाच्दा- नाच्दै लडेर निधन भएको छ ।
हंसपुरको बामरुक भालुपोखराका ४२ वर्षिय रामु बिसी भुसालको आईताबार राती आफ्नै बुबाको चौरासी पुजा चलिरहेकै अबस्थामा पंचेबाजाको धुनमा नाँच्ने क्रममा सोही ढिकबाट लडेर गम्भीर घाइते भएका र उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याउने क्रममा बाटोमा नै निधन भएको हो ।
ढिकबाट लडेका रामुको टाउकोमा गम्भिर चोट लागेको थियो । रामु न्यु सागर एन्ड सगरमाथा टुर एन्ड ट्राभल्स प्रालिका सेयर होल्डर समेत थिए । हरियाणा करनाल बस्दै आएका उहा दशै मनाउन घर आउनु भएको थियो ।
उता घटनापछि सगरमाथा ट्राबल्स र सुपा देउराली ट्राबल्सले पिडित परिबारलाई १ लाख ६० हजार रुपैया आर्थिक सहयोग गरेको छ ।