अर्घाखाँचीमा सिचाई योजनाहरुको अनुगमनलाई तिब्र

सुर्य भुसाल 
सन्धिखर्क। अर्घाखाँचीका सिचाई डिभिजन प्रमुख बिस्नु प्रसाद पौडेलले आफ्नो कार्य क्षेत्र भित्रका बिकासका योजनाहरुको अनुगमनलाई तिब्र पार्नु भएको छ । 
अर्घाखाँची जिल्लाका सिचाईका कामहरु निकै गुणस्तरीय भएका छन । दिन रात कार्यालय फिल्डमा खट्ने कार्यलय प्रमुख अर्घाखाँची आएपछि बिगतमा काम हुन नसकेका योजना हरु पनि दुर्त गतिमा अगाडि बढेका छन ।
गत बर्ष कार्यालयमा हाजिर भएका पौडेलले गएको आर्थिक बर्षमा ९५ प्रतिसत काम सम्पन्न गर्न सफल भएका थिए । थोरै जनशक्तिको बाबजुद पनि निकै खटेर काम गर्ने प्रमुख ईन्जिनियर पौडेल अनुभबि छन ।
सुशासन कायम गरि भष्टचार मुक्त कार्यलय बनाउने अभियानमा लागेका पौडेल अर्घाखाँची जिल्ला आएको १ बर्ष भएको छ ।
अर्घाखाँची जिल्लाका सबै ठाउँमा पुगेर सर्भे गरि बिभिन्न योजनाहरुको डिपिआर तयार गरेका पौडेल सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिने बताउदै आएका छन । 

अन्य समाचारहरु