अर्घाखाँचीका व्यापारीले तौल घटाएर ठगी गर्दै, चुत्रबेशीमा चामलमा ठगी गर्ने व्यापारीलाई २ लाख जरिवाना

यस्तै सन्धिखर्क नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, उपभोक्ता संरक्षण समितिलगायतको टोलीले चाडपर्वको समयमा अनुगमन गरेर बरामद् गरेका म्याद गुज्रेका आटा, चामल, बिस्कुट, भुजा, तेल, सुजी र चाउचाउसमेत गरी ३० हजार मूल्य बराबरको सामान शुक्रबार नष्ट गरेको छ । 

रुद्रमणि भुसाल
सन्धिखर्क । सन्धिखर्क नगरपालिका अर्घाखाँचीले चुत्राबेसीका एक ब्यापारीलाई अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि २ लाख रकम जरिवाना तिराएको छ ।
कपिलबस्तुका संजय कुमार कलवारले सन्धिर्खकको चुत्रबेशीमा शिवा किराना तथा भण्डार गोदाम खोली ३० र २५ किलोको चामलमा १ केजी घटाएर उपभोक्तालाई ठगेको अनुगमनका क्रममा भेटिएको हो । अनुगमन गर्न गएको टोलीले ठगी गरेको भेटाएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सन्धिखर्क नगरपालिकाले २ लाख ५ सय जरिवाना तिराएको अनुगमन टोलीका संयोजक जीबनाराण आचार्यले जानकारी दिनुभयो ।
कलवारले सन्धिखर्कका बिभिन्न पसलहरुमा राम, ब्ल्याकबेरी, कैलाशी चामलमा १ केजी घटाएर ४ सय २५ बोरा चामल बेचेको स्वीकार गरेपछि निजलाई २ लाख ५ सय जरिवाना तिराएको सन्धिखर्क नगरपालिका अर्घाखाँचील बताएको छ ।
सन्धिखर्क नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, उपभोता संक्षणसमिति लगायतको टोलीले तीहारको समयमा अनुगमनको क्रममा म्याद गुज्रिएका आटा, चामल, बिस्कुट, भुजा, तेल, सुजी गरि ३० हजार मुल्य बराबरको समान आज अनुगमन टोलीले नष्ट गरेको कृषि अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

अन्य समाचारहरु