प्रेम नारायण आचार्य
धरम्पानी, अर्घा । आदर्श आधारभुत विद्यालय सन्धिखर्क नगरपालिका वडा नम्वर १० अर्घाको धरम्पानीमा सरसफाई सम्मेलन सम्पन्न भएको छ ।
अर्घाखाँची जिल्लाको प्रतिष्ठा र समृद्धि पूर्ण सरसफाई उन्मुख हाम्रो जीवन पद्धती भन्ने नाराका साथ सन्धिखर्क नगरपालिका वडा नम्वर १० मा रहेको आदर्श आधारभुत विद्यालय सेवा क्षेत्रको सरसफाइ सम्मेलन सम्पन्न भएको हो ।
आदर्श आधारभुत विद्यालयको आयोजना , ग्लोवल स्यानीटेशन फण्ड युएन्ह्यावीटाटको सहयोग र प्रकाश सचेतन समूहको आयोजनामा सम्पन्न सरसफाइ सम्मेलनको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गर्नु भएको हो । उँहाले सरसफाइ सबैको सरोकारको विषय भएको बताउदै सरसफाइको क्षेत्रमा नगरपालिका विशेष योजनाका साथ अगाडी बढ्दै गएको बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक, सन्धिखर्क नगरपालिकाका नगर शिक्षा प्रमुख युगलनारायण वस्याल, वडा अध्यक्ष लक्ष्मी नारायण चुँदाली , युएन् ह्यावीटाटका जिल्ला संयोजक शिवराज न्यौपाने, प्रकाश सचेतन समुह (प्राग) का निर्देशक प्रेमनारायण गैरे लगयातले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा विद्यालय सेवा क्षेत्रको सरसफाइको अबस्थाको बारेमा प्रधनाध्यापक खगेश्वर नेपाली र विद्यार्थी अविना थापाले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यबस्थापन समितिका अध्यक्ष धर्मराज भुसालको अध्यक्षता र शिक्षक ठाकुर खनालको सञ्चालनमा सम्पन्न भएको हो ।
यस्तै आजै जनज्योती माध्यमिक विद्यालय सन्धिखर्क २ चुत्राबेसीमा पनि सरसफाई सम्मेलन सम्पन्न भएको छ ।
विद्यालय वयवस्थापन समितिका अध्यक्ष धर्मराज बन्जाडेको अध्यक्षता र शिक्षक नन्दराम भट्टराइको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रम्ख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, शिक्षा प्रमुख युगलनारायण वस्याल, वडा अध्यक्ष मोतिजंग रायमाझि , वडा सदस्य शुस्मा श्रेष्ठ, युएन् ह्यावीटाटका जिल्ला संयोजक शिवराज न्यौपाने, प्रकाश सचेतन समुह (प्राग) का निर्देशक प्रेमनारायण गैरे, शिक्षक अभिभावक संघका अध्यक्ष मुत्तिनाथ भुसाल लगायतले मन्तब्य राखेका थिए ।