सन्धिखर्कको टुडिखेलमा खुल्ला क्रिकेट प्रतियोगिता शुरु

सुर्य भुसाल 
सन्धिखर्क । अर्घाखाँची क्रिकेट एकेडेमीको आयोजनामा सन्धिखर्कको टुडिखेलमा खुल्ला क्रिकेटको एक कार्यक्रमका बीचमा उद्घाटन गरिएको छ ।
कार्यक्रम सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोे थियोे ।
कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख भुसालले खेल क्षेत्रको विकासको लागि नगरले उल्लेखनीय मात्रामा बजेट बिनियोजन गरेको बताउदै आगामी दिनमा पनि खेल क्षेत्रको विकासको लागि नगरपालिका लागि पर्ने बताउनुभएको थियो । 
सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विक किशोर पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै खेल क्षेत्रको विकासको लागि सबै लाग्नुको विकल्प नरहेको बताउनुभएको थियो कार्यक्रम एकेडेमीका अध्यक्ष ऋषिकेश भट्टराईको अध्यक्षता नविन के.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।