मैदानको झुमादेबी मन्दिरमा २४ घण्टे अखण्ड हरि कृतन सम्पन्न

दिनेश रदिफ गैरे, 
मैदान, अर्घाखाँची । अर्घाखाँची जिल्ला को पाणिनी गाउँपालिका वडा नं ५ ,साविक मैदान गाबिस वडा नं ७ काफल बुटा मा रहेको प्रसिद्ध धार्मिक स्थल श्री झुमादेबी मन्दिर मा २४घण्टे अखण्ड हरि कृतन सम्पन्न भएको छ ।
बिगत ४० बर्ष भन्दा पहिले बाट प्रतेक बर्ष संचालन हुँदै आएको २४ घण्टे अखण्ड हरि कृतन यो बर्ष २०७६ असोज ३० गते सुरु भई २०७६ कार्तिक ०१ गते  समापन भएको छ ।
उक्त मन्दिर अष्टमी को दिन मेडा चढाईन्छ भने प्रतेक बर्ष को दशै को दिन भब्य सराय नाच समेत हुने गर्दछ ।
मन्दिर को ईतिहास हेर्ने हो भने सन १९५० को सेरोफेरोमा मन्दिर स्थापना भएको यथेस्ट प्रमाण फेला परेको छ ।
यस्तो पुरातात्विक महत्वको मन्दिर जिर्ण बन्दै गएको र मन्दिर निर्माण को सोच राखे पनी आर्थिक अभाव ले काम गर्न नसकेको भन्दै झुमादेबी मन्दिर ब्यबस्थापन समिति का अधक्ष्य लेखनाथ गैरे ले गुनासो पोखेका छन् ।
प्रतेक बर्ष विभिन्न मन्दिर को लागि बजेट परेको सुनिन्छ तर यस मन्दिर लाई आज सम्म कहि कतै सरकारी तवरबाट १ रूपैयाँ पनी सहयोग नपरे को गैरे ले जानकारी दिएका छन ।
साथै उक्त कार्यक्रममा मन्दिर प्रचार प्रसार मात्र सहयोग गरेको भन्दै पत्रकार डिआजी सुमन र दिनेश रदिफ गैरे लाई सम्मान समेत गरिएकोथियो ।

अन्य समाचारहरु