दिनेश रदिफ गैरे
मैदान, पाणिनी अर्घाखाँची। अर्घाखाँची जिल्लाको पाणिनी गाउँ पालिका वडा नं ५ मा संचालन रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी पुर्व उपप्रधानमन्त्री तथा संघीय संसदका सदस्य टोपबहादुर रायमाझी, बिशेष अतिथि ५ नंबर प्रदेश सभासद रामजी प्रसाद घिमिरे, अतिथिहरुमा पाणिनी गाउँ पालिका उपाध्यक्ष लक्ष्मी गौतम, पाणिनी गाउँ पालिका वडा नं ५ मैदान का वडा अधक्ष्य जीवलाल घिमिरे अर्घाखाँची सरकारी वकिल कार्यालय का हरि प्रसाद घिमिरे , स्वतन्त्र पत्रकार संघ नेपाल अर्घाखाँची ५ नंबर प्रदेश पार्षद पत्रकार दिनेश गैरे, नेकपा अर्घाखाँची नेता जिवनारायण कोईराला , शिक्षक यादव प्रसाद घिमिरे, नेकपा मैदानका अधक्ष्य ईन्द्रमणी घिमिरे, काङ्ग्रेस मैदानका सभापति सालिकराम घिमिरे, जनमोर्चाका पिताम्बर घिमिरे, लगायतका रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सहकारीको कार्यलय बनाउने क्रममा बजेट को ब्यबस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । प्रदेश सभासद रामजी प्रसाद घिमिरे ले आफुले गर्न सक्ने हरेक सहयोग गर्ने प्रतिबद्धता व्याक्त गर्नु भएको छ ।
सहकारीमा अहिले ६०२ जना सेयर सदस्य रहेको र एक करोड तिन लाख भन्दा बढीको पुजी रहेको आर्थिक प्रतिवेदनमा सहकारीका कोषाध्यक्ष बिष्णु प्रसाद घिमिरेले प्रस्तुत गर्नु भएको थियो । साधारण सभामा बाट पुरानै समितीका पदाधिकारीलाई निरन्तरता दिदै राम प्रसाद घिमिरे, अधक्ष्य, बिष्णु प्रसाद घिमिरे, कोषाध्यक्ष, नन्दलाल बि क सचिव रहेको समिति लाई आगामी कार्यकालको लागि सर्व सम्मत चयन गरिएको छ ।
कार्यक्रम को अधक्ष्यता, राम प्रसाद घिमिरे गर्नु भएको थियो भने कार्यक्रमको संचालन नन्दलाल बि क ले गर्नु भएको थियो ।
कार्यक्रममा ठुलो संख्यामा स्थानीय बासिन्दाहरुको उपस्थित रहेको थियो । मनकामना बचत तथा ऋण सहकारी संस्था पाणिनि -५ मैदानका बासिन्दाको दु:ख र सुखको साथि बनेको छ । सहकारीको सहयोगमा स्थानीय बासिन्दा स्वरोजगार समेत बन्दै गएका छन्।

पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले मुलुकमा बिकास र समृद्धिको युगको सुरुवात भएको बताउनु भएको छ । उहाँले सहकारीको माध्यम बाट जनतालाई रोजगारी दिलाउने बताउनुभयो । मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड पाणिनि -५ मैदानको ८ औं साधारणसभामा मन्तव्य राख्दै उहाँले गाउँ गाउँमा सहकारी र घरघरमा भकारीको अभियान मार्फत जनतालाई समृद्ध पार्ने बताउनुभयो । छरिएर रहेको पुँजी लाई सहकारी मार्फत केन्द्रीत गरि आय आर्जनमा लगाउनु पर्ने उहाँको भनाइ थियो । प्रतिनिधि सभाका सदस्य समेत रहनुभएका रायमाझीले जनचेतना अभिबृद्धि,आर्थिक उत्पादन, सामाजिक न्याय ,समाजिक सद्भाव र एकताको निम्ति जिल्लामा सहकारीले पुर्याएको योगदानको प्रसंसा गर्दै उत्पादन मुलक काममा जुट्न सहकारी अभियान्ताहरु लाई आग्रह गर्नुभयो । कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमिरेले सहकारीलाई उत्पादन सँग जोड्नु पर्ने बताउनुभयो । सामुहिक भावना,एकता र निश्वार्थ भावले संचालित सहकारीले श्रेष्ठता हासिल गर्ने उहाँको भनाई थियो ।सहकारी र निजि क्षेत्र अर्थतन्त्रका महत्वपुर्ण पिल्लर भएको भन्दै उहाँले बिकास र समृद्धिको निम्ति यी दुबै पक्षलाई सँगसँगै लैजानु पर्नेमा जोडदिनुभयो । सहकारी अभियानलाई प्रोत्साहित गरी समृद्धिको लक्ष्यलाई सार्थक पार्न सकिने उहाँको भनाइ थियो ।
पाणिनि गाउँ पालिकाका उपाध्यक्ष लक्ष्मी गौतमले आर्थिक,सामाजिक ,सांस्कृतिक रुपान्तरण मार्फत समाजवादको गन्तव्यमा पुग्नको निम्ति सहकारीले मेरुदण्डको रुपमा कामगर्ने बताउनुभयो । रामप्रसाद घिमिरेको अध्यक्षता र नन्दलाल सुनारको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता जिवनारायण कोईराला ,नेपाली काँग्रेसका महासमिति सदस्य यादव प्रसाद घिमिरे ,वडा नं. ५ का वडा अध्यक्ष जिवलाल घिमिरे ,नेपाल कम्युनिस्ट पार्टी नेकपा वडा कमिटीका अध्यक्ष ईन्द्रमणि घिमिरे ,नेपाली काँग्रेसका वडा सभापति सालिकराम घिमिरे लगायतका वक्ताहरूले मन्तव्य राख्दै सहकारी मार्फत गरिने बिकास दिगो र प्रभावकारी हुने बताउनु भयो ।
तस्वीर दिनेश गैरे/अर्घाखाँची डटकम्