सन्धिखर्कमा सुन पसल चोरी गर्ने भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक (तस्बिर, भिडियो सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सुन पसल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 
सन्धिखर्क १ हललाईन गुन्टेखोला नजिकको महालक्ष्मी गहना पसलमा शनिवार राति साढे ११ बजेतिर चोरी गर्ने २९ बर्षियका भारत मुस्ताफुर पश्चिम बंगालका भारतीय नागरिक श्रीमन्त्र मण्डललाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेका मण्डलको  साथबाट ६ ताेला भन्दा बढि सुन  बरामद गरिएको छ । जसको प्रचलित मुल्य ४ लाख ६४ हजार ८ सय १४ रुपैया बराबरको रहेको प्रहरीको भनाई छ ।   चोरी भएको ४ घण्टा मै चोरलाई नियन्त्रणमा ल्याएर प्रहरीले सफलता हासिल गरेको हो । 
मण्डल १२ वर्ष देखि गहनाको काम गर्दै सन्धिखर्क नगरपालिका- १ बस्दै आएका थिए । मण्डलले हललाईन गुन्टेखोला नजिक ताराबहादुर सुनारले सञ्चालन गरेको ‘महालक्ष्मी गहना पसलमा शनिवार रातको समयमा पसी चोरी गरेको प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो । 
मण्डलले दाजुसँग भारतबाट आउदा लिएको ऋण तिर्न चोरी गरेको स्वीकार गरेकाे प्रारम्भिक अनुसन्धान क्रममा खुल्न आएको छ । पक्राउ  परेका मण्डललाई मलुकी अपराध संहिता २०७४ परिच्छेद २० दफा २ सय ४३ मकबजनी चोरी अन्तरगत बमोजिम कानूनी प्रक्रिया अगाडि बढाइने प्रहरीले बताएको छ । 
भिडियो यहाँ गएर हेर्न सकिनेछ:-  https://youtu.be/PIQRXdgRdWA 
  

अन्य समाचारहरु