शितगंगा नगर कार्य समितिको बैठक विभिन्न महत्वपुर्ण निर्णय गर्दै सम्पन्न

प्रेमनारायण आचार्य
  सन्धिखर्क ५ कात्तिक । नेपाली कांग्रेस शितगंगा नगर कार्य समितिको बैठक विभिन्न महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकमा शितगंगा नगरपालिकाका पाटी प्रतिनिधि र जनप्रतिनिधिहरु एक ढिक्का भएर अगाडी बढ्ने संकल्प प्रस्ताव पारित गरेको छ । 
नगरपालिका भित्र रहेका १४ वटै वडा कार्य समितिको शुभकामना सहतिको बैठक बस्ने निर्णय गरेको छ । बैठकले ठाडा दहको जग्गा सार्वजनिक भएको पनि निष्कर्ष निकालेको नेपाली कांग्रेस शितगंगा संयोजक मोति बेल्वासेले बताउनु भयो । 
 नेपाली कांग्रेसका नगर सभापति मोति वेल्वासे सभापतित्वमा  सम्पन्न भएको बैठकमा जिल्ला सचिव छविलाल पौडेल,  महासमिति सदस्य तथा  शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी, नेपाली कांग्रेसका जिल्ला सदस्य तथा  प्रकाशन तथा प्रचार प्रसार विभागका संयोजक माधव प्रसाद पौडेल लगायत  शितगंगाका पाटी प्रतिनिधि र र जनप्रतिनिधिहरुको सहभागीता रहेको प्रचार प्रसार विभागका सचिव प्रेमनारायण आचार्यले बताउनु भएको छ ।

अन्य समाचारहरु