अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा रातको समयमा देउसी भैलो खेल्न नपाईने भएको छ ।
सुरक्षाको अवस्थालाई मध्यनजर राख्दै राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको हो ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले चाडपर्वका समयमा सुरक्षा अवस्था थप मजवुत राख्नको लागि रातको समयमा देउसी भैलो खेल्न रोक लगाइएको बताएको छ ।
प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार, ‘तिहारमा कुनै किसिमका आतिसबाजी, पटका, भूइँचम्पा लगायतको विस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री वितरण गर्न र राती १० बजेपछि देउसी भैलो खेल्न पाइने छैन ।’
जुवा, तास, कौडा, सट्टेबाजी, खडखडेलगायत जुवाजन्य खेल नखेल्न र नखेलाउन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो, ‘कुनै किसिमका यस्ता गतिविधि गरेको जानकारी भएमा प्रहरीलाई संपर्क गरे हामी तुरुन्त कारवाहीको दायरामा ल्याउँछौं ।