रुद्रमणि भुसाल
छत्रदेव, अर्घाखाँची कार्तिक ६ (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा आज देखि अध्यक्ष कप रनिंगशिल्ड भलिवल प्रतियोगीता सुरु भएको छ ।
गाउँपालिकाका ६ टिमको सहभागिता रहेको भलिबल प्रतियोगीताको जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले उद्धाटन गर्नु भएको हो । उद्धाटन समारोहमा मन्तब्य राख्दै समन्वय समितिका प्रमुख शर्माले खेलकुदको विकासले राष्ट्रको नाम विश्वभर चिनिने बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खिमनन्द भुसाल, जिल्ला खेलकुद विकास समितिका निबर्तमान अध्यक्ष सिद्धि प्रसाद भुसाल , पत्रकार विरेन्द्र केसी लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम छबदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलको अध्यक्षता र वडा अध्यक्ष कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । आज पहिलो दिन तीन खेल सम्पन्न भएका छन । जस्मा वडा नम्वर ६, ५ र ८ विजयी भएका छन ।
छत्रदेब गाउँपालिकाले गएको बर्ष देखि अध्यक्षकप रनिङ्गशिल्ड प्रतियोगिता संचालन गदै आएको छ ।
नबनिर्मित रातापोखराको खेलमैदानमा भएको भलिबल प्रतियोगितामा खेल हेर्नको लागि छत्रदेब गाउँपालिकाका सयौँ स्थानियहरु उपस्थि भएका थिए ।