रुद्रमणि भुसाल
छत्रदेब, अर्घाखाँची कार्तिक ९ (अर्घाखाँचीडट्कम) । छत्रदेब गाउँपालिकाको आयोजनामा भएको अध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि (वार्ड नं. ८ अर्घातोषले हात परेको छ ।
दोस्रो संस्करणको विजेताको रूपमा वडा नं. ५ लाई लगातार ३(० को सेटमा पराजित गर्दै वडा नं. ८ ले प्रथम उपाधि कब्जा गरेका हो । विगतको वर्ष जस्तै यो वर्ष पनि वडा नं. ५ उपविजेता मै चित्त बुझाउन बाध्य भयो ।
वडा नं. ६ लाई पराजित गर्दै वडा नं. १ चिदिकालेले तृतीय स्थान हासिल गरेको छ । भलिबल प्रतियोगितामा प्रथम हुने वार्ड नं. ८ अर्घातोषलाई ४० हजार र शिल्ड मेडल र प्रमाणपत्र ,त्यस्तै दोसा्रे हुने वार्ड नं ५ छत्रगञ्जलाई नगद २५ हजार मेडल र प्रमाणपत्र र तेस्रो हुने वार्ड नंं १ चिदिकालाई नगद १५ हजार मेडल र प्रमाणपत्र छत्रदेब गाउँपालिका अध्क्ष्यक्ष लेखनाथ पोख्ररेले प्रदान गनु भएको हो ।
त्यस्तै सोही अबसरमा कर्मचारी जनप्रतिनिधिबिच मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोतिामा जनप्रतिनिधिलाई कर्मचारीहरुले प्राराजित गरेका छन् ।
अपसी सदभाव कायम गर्नको कर्मचारी जनप्रतिनिधिबिच मैत्रीपुण भलिबल प्रतियोगिता सम्पन्न गरेको छत्रदेब गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत खिमानन्द भुसालले जानकारी दिनु भयो । छत्रदेब गाउँपालिकाले गएको वर्षदेखि अध्यक्ष कप भलिबल प्रतियोतिा गदै आएको छ । भलिबल प्रतियोगिता हेर्नको लागि सयौ स्थानियको सहभागिता रहेको थियो ।