अर्घाखाँचीडट्कम संवाददाता
दुबई(अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ६ धातिवाङ्गका एक युवाको दुबईमा निधन भएको छ ।
धातिवाङ्गका लक्ष्मण पाैडेलकाे राेजगारीकाे सिलसिलामा दुबईमा बिरामी भई उपचारकाे क्रममा निधन भएको हो ।
३९ वर्षिय पाैडेल केही समय देखि विरामी थिए । शुरुमा उनी ज्वरो आएर भर्ना भएका थिए । पाैडेलको बाटाहारे परिवार धातिवाङ्गबाट बसाई सरी हाल कपिलवस्तुकाे बाेर्डगाउँ बस्दै आएका छन् ।
पाैडेलको शब नेपाल पठाउने तयार भईरहेको छ । कागजात बनाउने प्रकृया भईरहेको हिमलाल पौडेलले जानकारी दिनुभयो ।