अर्घाखाँचीमा प्राइमलाइफ इन्स्योरेन्सद्धारा उपहार बीमा योजना प्रदान

प्रकासित मिती: कार्तिक ६, २०७६ 

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची कार्तिक ६ । अर्घाखाँची जिल्लामा प्राइमलाइफ इन्स्योरेन्स क.लि. ले उपहार बीमा योजना प्रदान गरेको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नं. ११ का बिशाल पाण्डेलाई सोहि बीमाङ्क बराबरको अर्को बीमालेख निज बिमितले बीमा शुल्क बुझाउन नपर्ने गरी उपहार प्रदान गरेको हो ।
उपहार बीमा योजना एक कार्यक्रमबीच कार्यालय प्रमुख नारायण घिमिरेले हस्तान्तरण गर्नु भएको थियो । 
    
प्राइमलाइफ इन्स्योरेन्स क.लि. ले गत वर्षबाट ऐतिहासीक बीमा योजना प्राइम जीवन उपहार बीमा योजना (जसमा एउटा बीमालेख खरिद गर्दा एक वर्षपछि सोहि बीमाङ्क बराबरको अर्को बीमालेख उपहार स्वरुप प्रदान गर्ने बीमालेख) प्रस्तुत गरेको थियो उक्त बीमायोजना अनुसार गत बर्ष शुरु गरेको बीमालेखको प्रथम बार्षिकोत्सवमा पुनः सोहि बीमाङ्क बराबरको अर्को बीमालेख उपहार स्वरुप प्रदान गर्ने क्रममा उक्त बिमा उपहार प्रदान गरेको हो । 

अन्य समाचारहरु