सन्धिखर्क १२ मा वडाअध्यक्ष नारायण खड्काको निर्देशनमा रुख काटिएको भन्ने विषय गलत

– मुक्तिनाथ भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १२ मा वडा अध्यक्ष नारायण खड्काले वडा अध्यक्षको निर्देशनमा रुख काटिएको भन्ने विषय गलत भएको बताएका छन् । 
अध्यक्ष खड्काका अनुसार घर देखी सिधा माथी रहेका सामान्य रुख तथा झाडी काटने काम स्थानियवाट भएको आफुलाई पछि मात्रै जानकारी भएको भएपनि केही मिडियाहरुले वडाअध्यक्षको निर्देशनमा भन्ने शव्द प्रयोगमा ल्याएको देख्दा आफु अचम्मीत बनेको र यस्ता खाले भ्रमका पछाडी नपर्न सबैलाई आग्रह गरेका छन् । उनका अनुसार आफु वडाअध्यक्ष भएको नाताले आफनो वडामा कोही पनि आफना दुष्मन नभएको र सबैजनालाई समानरुपमा हेर्ने गरेको बताए । 
कुनै कार्यक्रममा प्राप्त गरेको भत्ता रकम वडामा रहेका गरिवहरुलाई दिदै आएका खड्काले हालसम्म तलव समेत नलिएको जानकारी दिएका छन् । जनप्रतिनिधीको तलव नगरपालिकाले व्यक्तिगत बैंक खातामा राख्दीएको छ भन्ने पनि सुनिन्छ नि ? भन्ने प्रश्नको जवाफमा आफु यस विषयमा अनभिज्ञ रहेको र आफनो शुरुवाती इच्छा विपरीत बैंक खातामा तलव राख्दीएको भए तिहारको समाप्ती पछी आफुले बैंक खाता चेक गर्ने र तलवको रकम भेटीएमा सम्पूर्ण रकम गरिव तथा असाहायहरुको हातमा दिने जवाफ दिएका छन् । 
रुखको विषयमा प्रहरी नायव उपरिक्षक प्रकाश विष्ट सँग टेलिफोन सम्र्पक गर्दा रुख काटिएको घरपरिवारले आफुमाथी अभद्ध व्यवहार गर्ने कोशिष भयो भनी निवेदन दिएकाले स्थानिय ४ जना युवाहरुलाई नियन्त्र्रणमा लिई अनुसन्धान भईरहेको बुझिएको छ । 

अन्य समाचारहरु