सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल तरुण दल सन्धिखर्क नगर समितिले दिपावली, नेपाल सम्बत,छठ र तरुण दलको स्थापना दिबसको पुर्ब सन्ध्यामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोह सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ जयनेटामा सम्पन्न भएको छ।
तरुण दल नगर अध्यक्ष जम्सेर मिया को अध्यक्षता र वार्ड अध्यक्ष शोभित शाहिको संचालनमा सम्पन्न कार्यक्रममा ने.क.पा.परित्याग गरि लाल बहादुर क्षेत्री ,कमल भाट क्षेत्री ,डासिराम गिरि,सुरज भाट क्षेत्री ,टेक बहादुर नेपाली,कमला बिक र शान्ता बि क नेपाली कांग्रेसमा प्रवेश गर्नु भयो।नबप्रबेशिहरुलाइ जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कान सभापति ,उप सभापति शान्ता भन्डारि लगायत ले पार्टी सदस्यता प्रदान गरि स्वागत गरेका थिए ।
कार्यक्रमा महासमिति सदस्य यादव घिमिरे , पुर्ब कोषाध्यक्ष हरि खड्का ,वार्ड अध्यक्ष लिलाराम गौतम ,का बा सभापति गफार मिया,लगायतका साथिहरुको सहभागिता रहेको थियो।