ठाडाबाट जलुकेका जादै गरेको बस जुकेनाको रातामाटामा दुर्घटना १७ जना घाईते (सम्पूर्ण घाइतेको विवरण र तस्बिर सहित)

बिष्णु कुमार आले 
ठाडा, अर्घाखाँची कार्तिक ११ । अर्घाखाँचीको ठाडा अमराई जुकेना जलुके सडकखण्डको शितगंगा ५ रातामाटा पिपलको बोट नजिकै सोमवार दिउँसो बस दुर्घटना हुदा १७ जना घाईते भएका छन् । 
अमराई बाट शिबाहदह यात्रु बोकेर जाँदै गरेको लु २ ख ६६१ नम्बरको बसको ब्रेकको पाईप एक्कासी फुटेपछी अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटना भएको जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाका सहि सालिकराम खनालको नेतृत्वमा गएको प्रहरीको टोली र स्थानिय बासिन्दाले उद्दार गरि घाईतेहरूलाई ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि ल्याईएको छ । 
सामान्य प्राथमिक उपचार पछि थप उपचारका लागि गम्भीर प्रकृतिका ५ जना घाईतेलाई अन्चल अस्पताल बुटवलमा रिफर गरिएको छ । अन्य घाईतेहरूको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । घाईतेहुनेहरूमा अर्घाखाँची सिनपा १३ का ४ बर्षिय असोक परियार , सिनपा ६ जुकेनाका ३१ बर्षिय माधवराज भुसाल,सिनपा ७ जुवाकोटका ४६ बर्षिय उमा लामिछाने , सिनपा ५ जुकेनाका ३० बर्षिय हिमराज पौडेल , शिनपा ६ दाङसिङका २० बर्षिय खिमा परियार ,शिनपा ४ ओखलढुंगाका ३२ बर्षिय अनिता थापा ,शिनपा ५ चाकलढुङगाका २८ बर्षिय दिपकराज पौडेल , शिनपा ७ जुकेनाका ४ बर्षिय बालक सुवास महत र शिनपा ६ खमारीबासका ३२ बर्षिय सुमित्रा भाट क्षेत्री रहेका छन् । 
यसै गरि कपिलवस्तु सिवराज नगरपालीका ४ चनौटाका ६२ बर्षिय रूमकला पौडेल , सिवराज नगरपालीका ३ खैरेनीपुर कपिलवस्तुका ६२ बर्षिय तोयनारायण बन्जाडे , शिवराज ३ कै ३१ बर्षिय हुमलाल पौडेल, ६० बर्षिय चुमकला बिक , ४ नम्बर कटुवाटोल कपिलवस्तुका ३० बर्षिय सीता थारू र रूपन्देही बुटवल उपमहानगरपालीकाका ३१ बर्षिय तुलाराम बन्जाडे घाईते भएका छन् । घाईते मध्ये उमा लामिछाने, हिमराज पौडेल, चुमकला बिक , सीता थारू र सिनपा ६ जुकेना दाङसिङका ४ बर्षिय श्रीधर नेपालीलाई थप उपचारका लागि अन्चल अस्पताल बुटवल पठाईएको छ । गाडिको क्षमता भन्दा बढि यात्रुको चाप भएकाले ब्रेकको पाईप फुटेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 
बसमा ४२ जना सवार रहेको बताईएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडकमै अनियन्त्रित भई बस पल्टिदा अमराई जुकेना सडक अवरुद्ध भएको छ । 
सडक अवरुद्घ हुदा दर्जनौ गाडि बिच बाटोमै अलपत्र परेका छन् भने भोलि भाइ टीका लगाउन जाने आउने यात्रुहरूलाई आफ्नो गन्तव्यमा पुग्न निकै समस्या भएको छ ।

अन्य समाचारहरु