अर्घाखाँचीका धार्मिक तथा सामाजिक अभियान्ता नारायण खनालद्धारा हिन्दु धर्मको संरक्षणमा लाग्न सबैलाई आग्रह

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । हिन्दु धर्मरक्षा परिषदका   केन्द्रीय अध्यक्ष  तथा धार्मिक नेता नारायण प्रसाद खनालले हिन्दु धर्मको संरक्षणमा लाग्न सबै हिन्दुहरुलाई आग्रह गर्नु भएको छ ।
अर्घाखाँची जिल्लामा निकै प्रशासनिय काम गरि समाजसेवामा तल्लिन बन्नु भएका सामाजिक अभियान्ता खनालले अर्घाखाँची जिल्लाका बिभिन्न ठाउँहरुमा पुगेर हिन्दु धर्मको संरक्षणका लागि अभियान सन्चालन गरि हिन्दु धर्मको संरक्षणका लागि आफुहरु अभियानको रुपमा अगाडि बढेकोले सहयोगका लागि आग्रह गर्नु भयो ।
सन्धिखर्कको चुत्राबेसीमा रहेको सिदेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष समेत रहनु भएका खनालले आफ्नै लगानिमा वृद्धा श्रम समेत बनाई दुखि पिडितहरुको सेवा गर्दै आउनु भएको छ ।
अर्घाखाँचीका बिभिन्न सामाजिक संघ संस्थाहरुलाई करोडौं रुपैयाँ रकम सहयोग गरेका खनाल हिन्दु जागणर अभियानका केन्द्रीय सदस्य हुन । निकै अनुसासित खनाल धार्मिक  रुपमा हिन्दु कट्रर नेता हुन । खनालले दुखी पिडितलाई सहयोग गर्नुको साथै नरपानीमा रहेको ॐ श्रीकृष्ण गौशालाका सन्चालक हुन । ब्यक्तिगत रुपमा दुईजनालाई तलब दिएर अर्घाखाँचीका छाडा रुपमा छोडेका गाईहरुको संरक्षण गर्दै आएका खनालले अर्घाखाँचीमा उदारणिय कार्य गरेका छन ।
सेबा नै धर्म हो भन्ने मान्यताका साथ काम गरिरहेका खनालले अर्घाखाँचीका धेरै मठ मन्दिरहरुलाई आर्थिक सहयोग गरिरहेका छन ।
अर्घाखाँचीमा सस्कृत शिक्षाको खाचो छ भन्दै खनालकै पहलमा बौदिक पाठशालामा बिधार्थीहरुले सस्कृत अध्यान गरिरहेका छन, जहाँ खनालले आफ्नो लगानी गरिरहेका छन। खनाल अर्घाखाँचीका बरिष्ठ समाजसेवी हुन् । 

अन्य समाचारहरु