अर्घाखाँचीका युवा ब्यबसायी बसन्त भुसालद्धारा नरपानीका गाईहरुको संरक्षणका लागि १ लाख रुपैयाँ प्रदान

सुर्य भुसाल 
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क निबासी नेपाल हेवि ईक्कुमेन्ट ब्यबसायी संघका केन्द्रीय उपाध्यक्ष पेट्रोलियम डिलर एसोसिएसनका केन्द्रीय सदस्य अर्घाखाँची जिल्लाका लोकप्रिय समाज सेवी युवा ब्यबसायी बसन्त भुसालले समाज सेवा गर्न पाउदा आफु निकै खुसि भएको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ मा रहेको   ॐ श्रिकृस्न गौशालामा रहेका गाईहरुको संरक्षणका लागि गौशालका अध्यक्ष धार्मिक नेता नारायण खनाललाई एकलाख एकहजार नगद रकम हस्तान्तरण गर्दै युवा ब्यबसायी भुसालले आफुले आबश्यक पर्दा यस्ता संस्थाहरुहरुलाई सहयोग गर्ने बताउदै गाईहरुको संरक्षणका लागि सरकार गम्भीर बन्नु पर्ने बताउनु भयो ।
भुसालले अर्घाखाँचीमा रहेको गौसालालाई ब्यबस्थित बनाउनका लागि ब्यक्तिगत रुपमा सहयोग गर्न आफु तयार रहेको बताउदै समाज सेवा नै मानबिय धर्म भएको बताउनु भयो ।
रकम हस्तान्तरण समारोहमा प्रदेश सासद चेतनारायण आचार्य,  रामजी प्रसाद घिमिरे, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक वार्ड अध्यक्ष कृस्न बहादुर आचार्य, लिलाराम गौतम लक्ष्मिनाराय चुदाली सनपा १ का काबा अध्यक्ष लक्ष्मण पराजुली लगाएत गौसालाका अध्यक्ष नारायण खनालले गाईको संरक्षण गर्न रकम सहयोग गर्ने युवा ब्यबसायी भुसाललाई सहयोगी हातहरु अगाडि बढाऐकोमा धन्यबाद दिएका थिए ।
लक्ष्मि पुजाका दिन गौसालामा रहेका गाईहरुलाई नुन खुवाईऐको थियोे । कार्यक्रम प्रदेस सासद चेतनारायण आचार्यको प्रमुख अतिथ्यता सासद राजि घिमिरेको अतिथ्यता नारायण खनालको अध्यक्षता पदम केसीको सन्चालनमा सम्पन्न भएको थियोे ।
युवा ब्यबसायी भुसालले अर्घाखाँचीका बिभि्न संघ सस्थाहरुलाई सहयोग गर्दै आउनु भएको छ । जिल्ला बसेर समाजसेवा गर्ने भुसाल अर्घाखाँचीबासी युवाहरुका लोकप्रिय मानिन्छन सरल सभाबका भुसालले  अर्घाखाँची जिल्लामा बसेर ब्यबसाय समेत गर्दै आउनु भएको छ ।

अन्य समाचारहरु