सुर्य भुसाल
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ मा मङसिरमा हुने उपनिवार्चन आउन लाग्दा चुनावी सरगर्मी बढेर गएको छ ।
मालारानी गाउँपालिका वार्ड नम्बर ३ का अध्यक्ष जिबन चौहानको मोटरसाइकल दुर्घटनामा परि निधन भएपछि उक्त खाली ठाउँमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट काङ्ग्रेस मालारानीका सयोजक युवा नेता सोभाखर खनाललाई नेपाली काङ्ग्रेसले उमेदवार सिफारिस गरेको काङ्ग्रेस जिल्ला सभापति बिस्नु प्रसाद खनालले जानकारी दिनु भयो । भने नेकपाले स्थानिय नेकपाका नेता यमलाल खनाललाई सिफारिस गरेको छ ।
मालारानी ३ मा यि दुई खनालहरु चुनाबमा प्रतिस्पर्धा गर्दैछन । मालारानी गाउँपालिका वार्ड नम्बर ३ मा चुनावी सरगर्मी बढेर गएको छ । सो पालिकामा गएको निर्वाचनमा नेपाली काङ्ग्रेसले सबै सिट गुमाएको भएपनि सो वार्डमा निकै चुनावी प्रतिस्पर्धा छ ।
नेपाली काङ्ग्रेस र नेकपाले यो चुनाबलाई प्रतिस्पर्दासँग जोडेर हेरेका छन । मालारानी गाउँपालिमा नेकपाले आफ्नो बर्चस्व रहेको दावी गरेपनि नेपानी कांग्रेसले पनि आफुहरुले जित्ने निश्चित भएको दावी काङ्ग्रेसका नेताहरुले गरेका छन । नेकपाका नेताहरुले आफुहरुले पहिला जितेको ठाउँमा जित सुनिश्चित भएको बताउदै चुनावी जोडघटाउमा स्थानिय नेता ब्यस्त छन ।
काङ्ग्रेसले सिफारिस गरेका नेता सोभाखर खनाल काङ्ग्रेस भित्र तथा स्थानिय ठाउँका प्रभाबशाली नेताको रुपमा परिचित भएको काङ्ग्रेस संगठन बिभागका प्रमुख कृष्ण खनालले दावी गरे । सो वार्डमा नेपाली काङ्ग्रेसका तत्कालीन उमेदवारले ३६ मतले हार ब्योहोर्नु परेको थियोे ।