शोभाखर पन्थी
मालारानी, अर्घाखाँची कार्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी गाउँ पालिकाले चुनावी रणनीति निर्माण गरेको छ ।
मालारानी गाउँ पालिका वडा नं. ३ को अध्यक्षका लागि मंसिर १४ गते हुने उपनिर्वाचनको विषयलाई लिएर नेकपा चुनावी योजना बनाएको हो ।
नेकपाको खनदहमा आयोजित पालिका स्तरीय पुर्ण बैठकले नेकपाका नेता यमलाल खनाललाई उम्मेदवारीको निम्ति सर्वसहमत रुपमा जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउनको लागि विभिन्न योजना समेत निर्माण गरेको छ । जसअनुसार नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यालय सदस्य जनार्दन खनालको संयोजकत्वमा १ हजार ५ सदस्यीय प्रचार प्रसार समिति निर्माण गरेको छ । यसैगरी नेपाल कम्युनिस्टपार्टी नेकपाका प्रदेश सदस्य तथा क्षेत्र नं. १ का ईन्चार्ज नरेन्द्र कुमार क्षत्री संयोजक र सहईन्चार्ज छमकुमारी खनाल सहसंयोजक रहेको १५ सदस्यीय अनुगमन मुल्यांकन समिति ,पालिका ईन्चार्ज एम.वि.पाण्डे संयोजक र सहईन्चार्ज तिलक मिश्र सहसंयोजक रहेको १सय १ सदस्यीय निर्वाचन परिचालन समिति समेत बैठकले चयन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी गाउँ पालिकाका अध्यक्ष सालिकराम आचार्यको अध्यक्षता र सचिव शिवलाल कुँवरको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश सचिवालय सदस्य तथा जिल्ला सचिव ठाकुर कुमार बि.क. किशोर ,प्रदेश कमिटीका सदस्य द्वय नरेन्द्र कुमार क्षत्री ,छमकुमारी खनाल ,जिल्ला कार्यालय सदस्य द्वय जनार्दन खनाल र पिताम्बर भुसाल,जिल्ला पार्टी कार्यालय सचिव लिलबहादुर बि.क.,पालिका कमिटीका ईन्चार्ज एम.पि.पाण्डे ,सहईन्चार्ज तिलक मिश्र,मालारानी गाउँ पालिकाका अध्यक्ष बालकृष्ण आचार्य,उपाध्यक्ष प्रमिला क्षेत्री ,नेकपाका नेता पदम क्षेत्री ,वडा नं.३ का का.वा. वडा अध्यक्ष दिपा पोख्रेल .लगायतका बक्ताहरुले मन्तव्य राख्दै मंसिर १४ मा हुने उपनिर्वाचनमा आफ्नो पार्टी उम्मेदवार लाई विजयी गराउन सिङ्गो पार्टी एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता यमलाल खनाल लाई यसअघि वडा कमिटीले सर्वसहमत रुपमा उम्मेदवार चयनगरी पालिका कमिटीमा सिफारिस गरेको थियो ।
मालारानी गाउँ पालिका वडा नं.३ का अध्यक्ष जीवन कुमार चौहानको २ बर्ष अघि सवारी दुर्घटनामा परि निधन भएको थियो । उहाँले तत्कालीन नेकपा एकीकृत माओवादी केन्द्र र नेपाली कांग्रेसका साझा उम्मेदवार शोभाखर खनाल लाई पराजित गरि तत्कालीन नेकपा एमाले बाट बिजयी हुनुभएको थियो । गत संघ तथा प्रदेशको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी नेकपाले नेपाली कांग्रेसले भन्दा ५ सय ७१ मत बढी ल्याएको थियो । ईमान्दार ,सरल र निष्ठावान नेताको उम्मेदवारीले जनता र कार्यकर्तामा उत्साह आएको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता पिताम्बर भुसालले बताउनुभयो । जनप्रीय नेता जीवन चौहानको निधनले दु:खको सागरमा डुबेका जनताको भावना बुझेर कामगर्न सक्ने नेता खनाल भएको उहाँको भनाइ छ ।
नेपाली कांग्रेसले यसअघि जीवन कुमार चौहान संग पराजित हुनुभएका शोभाखर खनाल लाई नै उम्मेदवार बनाउने घोषणा गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको बलियो आधार क्षेत्रको रुपमा रहेको मालारानीको चुनावलाई सबैले निक्कै चासोको रुपमा हेरेकाछन् ।