खाँचिकाेटमा राष्ट्रिय जनमोर्चाद्वारा आयोजित जनवादी देउसी भैलाे समापन (तस्बिर सहित)

बसन्त खड्का 
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचिकाेटद्वारा आयाेजित जनवांदी देउसी भैलाेकाे आज आईताबार समापन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा नेता शेर बहादुर बिसी, राजमाे अर्घाखाँची जिल्ला नेकपा मसालका जिल्ला प्रबक्ता पशुपती ढकाल, बुद्दिजिबी बामपंथी नेता पितम्बर भट्टराई,  राजमो जिल्ला अध्यक्ष थम्मन केसी, अखिल नेपाल महिला संघ जिल्ला उपाध्यक्ष गिता केसी, विधार्थि नेता रिषव आचार्य, रक्तिम जिल्ला कोषाधय्क्ष्य सारदा नेपाली लगायतका कलाकारहरु एवम अन्य अतिथिहरुको पनि उपस्थिति रहेको थियो ।
बोल्ने बक्ताहरुले देशमा छाडा सस्कृतिकको अन्त्य गर्दै प्रगतिशील सस्कृतिकलाई यसरी अगाडी बढाउनु पर्ने भन्ने धाराणा राखेका थिए । 
कार्यक्रम सन्धिखर्क नगरपालिका वार्ड नं ७ खाचिकोट राजमो अध्यक्ष दिलदार हुसेनकाे अध्यक्षता, सचिव बसन्त खड्काले सन्चालन, हस्त बहादुर पाण्डेको स्वागत मन्तब्य कार्यक्रम सम्पन्न भएको थियो । 

अन्य समाचारहरु