सन्धिखर्कमा सर्वाधिक पुरस्कार राशीको टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट शुरु (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची २०७६ कार्तिक १८ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सर्वाधिक पुरस्कार राशीको टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट शुरु भएको छ । 
अर्घाखाँची प्रीमियर लिग APL को तेस्रो संस्करण अन्तरगत आजबाट शुरु भएको प्रतियोगिताको उद्घाटन सन्धिखर्क नगर उपप्रमुख ठाकुरकुमार बि.कले गर्नुभएको थियो । 
कुल चार टिमको सहभागीता रहने प्रतियोगीताको बिजेतालाई रु १ लाख ५ हजार र उप बिजेतालाई ५५ हजार नगद सहित ट्रफि प्रमाण पत्र र मेडलको व्यवस्था गरीएको छ । 
 खेलमा बिभिन्न तिस वटा बिधाहरुमा आर्कषक पुरस्कारको व्यवस्था गरीएको पनि अध्यक्ष भट्टराईले बताए । प्रतियोगीतामा सुपर सुपा च्यालेन्जर्स,एम्स स्टार, नमस्ते अर्घाखाँची र रोयल सन्धिखर्क टिमको सहभागीता छन् । 

अन्य समाचारहरु