अर्घाखाँचीडट्कम संवाददाता
कार्तिक १९, अर्घाखाँची । हृदयघातका कारण अर्घाखाँचीमा एक युवक काे मृत्यु भएको छ ।
अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा नं १ ढाकावाङका स्थाई बासिन्दा वसन्त गमालकाे मंगलबार बिहान मृत्यु भएको हाे ।
छत्रदेब गाउँपालिका २ बल्काेटकाे सहिद मेमाेरियल ईङ्लिस बाेर्डिङ स्कुलमा प्रिन्सिपलकाे रुपमा कार्यरत गमाललाई मध्यरातमा हृदयघात भएकाे उनका आफन्तले बताए ।
१० बजे अस्पतालमा श्रद्धाञ्जली सभा गरिएको थियो । ३१ वर्षीय गमाललाइ अर्घाखाँची जिल्ला अस्पतालले मृत घाेषणा गरेकाे थियो ।