नरपानीमा कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु, दुई घाइते (सम्पुर्ण विवरण्, तस्बिर सहित )

अर्घाखाँचीडट्कम संवाददाता  
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम )  – अर्घाखाँची जिल्लाको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
बा१७च ६९१७ नम्बरको रातो प्लेटको कार गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डको सन्धिखर्क नगरपालीका ६ नरपानीको दहखोलामा दुर्घटना हुँदा मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका  २ मुर्गियाकी ८० वर्षीय दुर्गादेवी खड्का, उनका छोरा ४३ वर्षीय भक्तबहादुर खड्का र अर्का छोरा ३९ वर्षीय तिलबहादुर खड्का रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि चालक र एक यात्रु घाइते छन् । 
घाइते हुनेमा चालक ४९ वर्षीय गंगाबहादुर खड्का र निजका जेठो दाजुका छोरा २५ वर्षीय विनोद खड्का रहेका छन्। घाईते दुबै जनालाई ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ ।  
दुर्घटना भएको जानकारी पाउने बित्तिकै नरपानी प्रहरी, जिल्ला प्रहरी प्रमुख प्रकाश बिष्टको नेतृत्वमा खटिएको १२ जनाको प्रहरी टोली र सयौं जना स्थानिय बासीन्दाले घटनास्थल पुगेर उद्धार गरेका थिए। कारमा ५ जना सवार रहेको प्रहरीले जनाएको छ ।
पाणिनि गाउँपालिका ७ अड्गुरीको झन्द्रेकमा पहाड घर भएका उनीहरु रुपन्देही जिल्लाको सैनामैना नगरपालिका २ मुर्गियामा बस्दै आएका थिए । अड्गुरीको झन्द्रेकमा रहेको घर जग्गामा गाउँकाले खेती गर्दै आएको र उक्त जग्गा पास दिनका लागि उनीहरु सन्धिखर्क आउँदै गरेको उनका आफन्तले जनाएका छन्। 
कार सडकबाट करिब एक सय ५० मिटर तल खसेको छ । ओरालो बाटोमा तीब्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ।  

अन्य समाचारहरु