सन्धिखर्कमा कार्तिक २२ गते हरिबोधनी एकादशीको दिन सार्वजनिक विदा


अर्घाखाँचीडट्कम संवाददाता  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम )  ।  अर्घाखाँची जिल्लाको सन्धिखर्कमा यही कार्तिक २२ गते हरिबोधनी एकादशीको अवसरमा सार्वाजनिक विदा दिएको छ । 
सन्धिखर्क नगरपालिकाले एक सुचना जारी गरी कार्तिक २२ गते हरिबोधनी एकादशीको अवसरमा सार्वाजनिक विदा दिएको जनाएको हो ।
उक्त दिन सन्धिखर्कमा रहेका सरकारी कार्यालय, शिक्षण संस्था, वार्ड कार्यालय लगायतका निकायमा सार्वाजनिक विदा दिएको छ ।   
कार्तिक २२ गते हरिबोधनी एकादशी दिन सन्धिखर्कमा एकादशी मेला, दर्शनार्थी र भैलो खेल्नेहरुको घुइँचो लाग्ने गर्दछ । तिहारको अन्तिम दिन हरिबोधनी एकादशीका अवसरमा अर्घाखाँचीको सन्धिखर्क लगायत जिल्ला भर तुलसीको पूजा गरी हर्षउल्लाहसका साथ मनाइन्छ । 

अन्य समाचारहरु