सुर्य भुसाल
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम बहादुर थापाले नगरपालिकाबाट आर्थिक बर्षमा गर्न पर्ने ५ लाख भन्दा माथिका सबै टेन्डर पहिलो फेसमा सम्पन्न गरि सकिएको बताउनु भएको छ ।
नगरप्रमुख थापाले पहिलो फेसमा डेन्डर प्रतिस्पर्धा गराउदा ४ करोड ५ लाख रुपैयाँ बचत भएकोले अब त्यो थप पैसा कार्यपालिकाको बैठक बसी पुन नगरपालिकाले टेन्डर गराउने र बिकास गर्ने बताउनु भयो ।
थापाले भन्नु भयो यो बर्ष ५ करोड भन्दा बढि रकम प्रतिस्पर्धा गराई बचत गर्ने लक्षय रहेको बताउदै गुणस्तरीय काम नगर्ने कसैलाई आफुले नछाड्ने र अनुगमन र गुणस्तरीयतामा कुनै कम्परमाईज नगर्ने बताउनु भयो ।