सुर्य भुसाल
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अर्घाखाँचीको नरपानीमा भएको सवारी दुर्घटना प्रति नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनालले गहिरो दु:ख व्यक्त गर्नु भएको छ ।
उहाँले एक प्रेस वक्तव्य जारी गर्दै दुर्घटनामा परि निधन हुनेहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रती समवेदना प्रकट गर्नुभएको नेपाली काङ्ग्रेसले जनाएको छ ।
साथै उहाँले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावकारी उपचारको निम्ति सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
पटक पटक सवारी दुर्घटना हुने गरेको प्रती चिन्ता प्रकट गर्दै मुस्कानले दुर्घटना न्युनिकरणको निम्ति सबैपक्ष गम्भीर हुनु पर्ने बिज्ञप्तिमा उल्लेख छ ।