सन्धिखर्कमा सामाजिक बिकास मन्त्री सुदर्शन बरालद्वारा जिल्ला अस्पताल र पाणिनी बहुमुखि क्याम्पसको निरिक्षण

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सामाजिक बिकास मन्त्री सुदर्शन बरालले अर्घाखाँची जिल्ला अस्पतालको निरिक्षण गरेका छन ।
अर्घाखाँची आएका सामाजिक मन्त्री बरालले अर्घाखाँची जिल्ला अस्पतालको स्तर उन्नति गर्नका लागि आफु गम्भीर भएको बताउदै अस्पताललाई सैया थप गर्न तथा नयाँ – नयाँ उपकरणहरु खरिद गर्नका लागि प्रदेश सरकारसँग आफुले मन्त्री परिषदमा प्रस्ताव लैजाने बताउदै अस्पतालमा बिरामीहरुको राम्रोसँग उपचार गर्नका लागि डाक्टरहरुलाई निर्देशन दिनु भयो ।
मन्त्री बरालले जीण रहेको अस्पताल भबन निर्माणका लागि प्रदेश सरकारको ध्यान पुग्ने बताउदै जनताको प्रत्यक्ष सरोकारको शिक्षा स्वास्थ्यका बारेमा  सरकारले नयाँ योजना ल्याएकोले सोहि योजना अनुसार काम गरिने बताउदै अस्पतालको स्तर उन्तिमा कुनै कमि नराख्ने दाबी गर्नु भयो ।
अस्पतालमा मन्त्री पुग्दा अस्पतालका कर्मचारीहरु मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगन्नाथ तिबारिले भब्य स्वागत गर्दै अस्पतालको भौतिक अबस्थाबारे जानकारी गराउनु भएको थियोे ।
मन्त्री बरालले बेडमा रहेका बिरामीहरुको स्वास्थ्य अबस्था बुझ्दै अस्पताल सफा राख्न र बिरामीहरुलाई औषधी अभाब हुन नदिन कर्मचारीहरुलाई निर्देशन दिनु भयो । 
मन्त्री बरालसँगै अस्पताल सन्धिखर्क नगरपालिकाका कार्यबाहक नगरप्रमुख ठाकुर कुमार बिक किसोर, नेकपाका नेता जनार्दन खनाल, अस्पताल बिकास समितिका पुर्व  अध्यक्ष राम बहादुर चौहान, लगायतका नेताहरुको सहभागीता रहेको थियोे ।
त्यस्तै मन्त्री बरालले बिहिबार नै पाणिनी बहुमुखि क्याम्पसको स्थलगत निरिक्षण गर्दै क्याम्पसक‍ो स्तर उन्नतिका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका थिए ।  

अन्य समाचारहरु