अर्घाखाँचीमा प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

प्रकाशित मिति: बुधवार, कार्तिक २०, २०७६

लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची । जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको कार्ययोजना अनुरुप समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न ठाँउमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन । 
ईलाका प्रहरी कार्यालय सिद्धारा अर्घाखाँचीको आयोजनामा शितगंगा नगरपालिका वडा नम्बर–१० सिद्धारामा स्थानियवासी, समाजसेबि, बुद्धिजिबि, युवा तथा महिलाहरुको उपस्थितिमा महिला हिंसा नियन्त्रण रोकथाम गर्ने बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । प्रहरी सहायक निरिक्षक चुल्हाई चौधरीले सहजिकरण गर्नुभएको थियो ।
यस्तै आजै प्रहरीचौकी खिदिम अर्घाखाँचीको आयोजनामा पाणिनी गाउँपालिका वडा नम्बर–२ रयाँलेमा घरेलु हिंसा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । स्थानियबासी, महिला तथा बालबालिकाको उपस्थितिमा प्रहरी सहायक निरिक्षक कमल रानाले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।
यसैबिच प्रहरी चौकी अर्घाले पनी सन्धिखर्क नगरपालीका वडा नम्बर–१० मुग्लिन बजारमा संगठित अपराध विषयमा सचेतना मुलक कार्यक्रम गरेको छ । 
स्थानियवासी, बुद्धिजिवी, युवा, महिला र बालबालिकाको सहभागितामा कार्यक्रम भएको छ । प्रहरी सहायक निरिक्षक भेषराज सुवेदीले त्यहाँ सहजिकरण गर्नुभएको थियो ।

अन्य समाचारहरु