सन्धिखर्कको बराहानेटामा हिन्दु जागरण नेपाल अर्घाखाँचीको वार्ड स्तरिय भेला सम्पन्न

सूर्य भुसाल
बराहानेटा,  अर्घाखाँची । हिन्दु धर्मरक्षा परिषद का केन्द्रीय अध्यक्ष तथा धार्मिक नेता नारायण प्रसाद खनालले हिन्दु धर्मको सरक्षणमा लाग्न सबै हिन्दुहरुलाई आग्रह गर्नु भएको छ ।
अर्घाखाँची जिल्लामा निकै प्रससनिय काम गरि समाजसेवामा तल्लिन बन्नु भएका सामाजिक अभियान्ता खनालले अर्घाखाँची जिल्ला का बिभिन्न ठाउहरुमा पुगेर हिन्दु धर्मको सरक्षणका लागि अभियान सन्चालन गरि हिन्दु धर्मको सरक्षणका लागि आफुहरु अभियानको रुपमा अगाडि बढेकोले सहयोग का लागि आग्रह गर्नु भयो ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ बराहानेटामा हिन्दुजागण नेपाल अर्घाखाँची ले आयोजना गरेको वार्ड स्तरिय भेला तथा हिन्दु जागरण सयोमसेवक कमिटी गठन कार्यक्रम लाई सम्बोधन गर्दै खनालले यस्तो बताउनु भएको हो।
सन्धिखर्कको चुत्राबेसिमा रहेको सिदेश्वर मन्दिर सरक्षण समितिका अध्यक्ष समेत रहनु भएका खनालले आफ्नै लगानिमा बृर्दा श्रमसमेत बनाई दुखि पिडित हरुको सेवा गर्दै आउनु भएको छ ।अर्घाखाँची का बिभिन्न सामाजिक सघ सस्थाहरु लाई करोडौं रुपैयाँ रकम सहयोग गरेका खनाल हिन्दु जागणर अभियान का केन्द्रीय सदस्य हुन । निकै अनुसासित खनाल धार्मिक रुपमा हिन्दु कट्रर नेता हुन ।
कार्यक्रममा हिन्दु जागरण अभियानका जिल्ला अध्यक्ष नारायण खड्का उपाध्यक्ष आतिष कुमार बिक जिल्ला सचिब दिपक आचर्य सहसचिव नरेन्द्र रिजाल सदस्य हरु बल बहादुर बिसि राजु पन्थि बाबुराम खत्रि अमृत श्रेष्ठ राजकुमार श्रेष्ठ बाबुराम श्रेष्ठ लगाएतले हिन्दु जागण अभियान अगाडि बढाउनु को महत्त्व बारे प्रकास पारेका थिए ।अभियान जिल्ला भर सन्चालन गरिने सरक्षक नारायण खनालले बताउनु भयो ।

अन्य समाचारहरु