ठाडाको कठिया मैदानका पुष्कर बस्नेत भारतको कर्नालमा मृत अवस्थामा फेला

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर -१२ ठाडाको कठिया मैदानका एक व्यक्ति भारतको हरियाणाको कर्नालमा मृत अवस्थामा फेला परेका छन्।
ठाडाको कठिया मैदानका ४० वर्षिय  पुष्कर बस्नेत भारतको हरियाणाको कर्नाल स्थित आफु बस्दै आएको घर नजिकै बिजुलिको खम्बामा झुन्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका हुन् ।
पुष्करलाई  झुन्डिएको अवस्थामा मृत अवस्थामा फेला पारी स्थानिय प्रहरीलाई खबर गरिएको थियो । 
१५ वर्ष भन्दा बढी समय देखि रोजगारीका लागि आउने जाने गरेका पुष्करले  आत्महत्या गरेको हुन्न सक्ने कर्नालको स्थानिय प्रहरी थानाले बतायो । पुष्करका श्रीमती र एक छोरा एक छोरी रहेका छन् ।
पुष्करले  आत्महत्याको कारण खुल्न नसकेको प्रहरीले बताएको छ । शब परिक्षणको लागि स्थानिय अस्पतालमा लगिएको छ । 

अन्य समाचारहरु