अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेब, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । छत्रदेब गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले सुशासन र जवाफदेहिता छत्रदेब गाउँपालिकाको प्रतिबद्धता रहेको बताउनुभएको छ ।
छत्रदेब गाउँपालिकामा भएको साझेदारी मञ्चको बैठकमा अध्यक्ष पोख्रेलले गाउँपालिकाले गरेका हरेक सेवा प्रवाह सबैको पहुँचमा र पारदर्शी रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तुल्सीदेबी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, पत्रकार महासंघका प्रदेश सदस्य प्रेम आचार्य लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष हृदयकुमार भुसाल बिषयवस्तु माथि प्रकाश पार्नुभएको थियो ।