अर्घाखाँचीमा एपिएल क्रिकेटको तेस्रो संस्करणको उपाधी एम्स स्टारलाई (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सर्वाधिक पुरस्कार राशीको तेस्रो टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट सम्पन्न भएको छ । 
अर्घाखाँची प्रीमियर लिग (एपिएल)को तेस्रो संस्करण अन्तरगत टुडिखेल मैदानमा सम्पन्न भएको प्रतियोगिताको उपाधी एम्स स्टारले जितेको छ ।  
उत्कृष्ट खेलाडी बन्न सफल खेलाडीहरुलाई सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकिय अधिकृत जिबन ज्ञवाली, वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडेले संयुक्त रुपमा मायाको चिनो प्रदान गरि सम्मान गरेका थिए । 
कुल चार टिमको सहभागीता रहेको प्रतियोगीताको बिजेतालाई रु १ लाख ५ हजार र उप बिजेतालाई ५५ हजार नगद सहित ट्रफि प्रमाण पत्र र मेडलको व्यवस्था गरीएको थियो ।  
 खेलमा बिभिन्न तिस वटा बिधाहरुमा आर्कषक पुरस्कारको व्यवस्था गरिएको थियो । प्रतियोगीतामा सुपर सुपा च्यालेन्जर्स,एम्स स्टार, नमस्ते अर्घाखाँची र रोयल सन्धिखर्क टिमको सहभागीता थिए । 

अन्य समाचारहरु