डिआरजी सुमन
मैदान, अर्घाखाँची डटकम (व्युरो) । पाणिनीमा मृगाौला पीड़ितलाई सहयोग रक़म हस्तान्तरण तथा विविध सांस्कृतिक कार्यक्रम पाणिनि ५ काफलवुटामा सम्पन्न भएको छ । पाणिनी ६ धातिवाँग ठुलोपत्ला निवासी नेत्र नेपालीको छोरा १२ वर्षीय विर वहादुर नेपाली लाई सहयोग राशी हस्तांतरण गरिएको छ ।
पाणिनी ५ स्थित झुमादेवी नमूना वाल कल्वले संकलन गरेको रक़म हस्तान्तरण कार्यक्रममा अर्घाखाँची डटकम समाचार सम्पादन,परराष्ट्र मामिला तथा व्युरो प्रमुख एवं पाणिनी कलाकार कल्याणकारी समाज अर्घाखाँचीका संरक्षक समेत रहेका स्वतन्त्र पत्रकार डिआरजी सुमनको प्रमुख आथित्यता, कल्वका सचिव नारायण गैरेको संचालन र अध्यक्ष देव वहादुर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य पुस्पा घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो । नव गायक प्रकाश अधिकारीको गीत , स्थानीय मोतीकला वेल्वासे नृत्य रहेको कार्यक्रममा कल्वले विभिन्न नृत्य समेत प्रस्तुत गरेको थियो ।
कल्वका सलाहकार यमदग्नी गैरे, सदस्य नीरु घिमिरे लगायतले सुभ कामना मन्तव्यमा वोल्दै यस्ता पीड़ितलाई सहयोग गर्न सवैले हातमा हात मिलाउनु पर्नेमा जोड दिएका थिए ।
यस्ता पिडीतका लागी सहयोग माग्न जादा खोक्रो भाषण दिने नेता हरुलाई अव जनताले वहिस्कार गर्नु पर्ने अध्यक्षको मन्तव्य थियो । यो समाजमा सहयोग गर्ने वानीको विकास गर्ने कार्यमा कल्वले महत्वपूर्ण उदाहरण पेश गरेको प्रशंसा गर्दै सहयोग गर्नमा कोहीपनि पछि नहटी वीर वहादुर नेपालीको गिड्नी सम्बन्धि समस्या समाधान गर्नमा सवैले साथ दिनु पर्नेमा प्रमुख अतिथि डिआरजी सुमनको सुझाव थियो ।
यस कल्वका पदाधिकारी र स्थानीयवासीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा पिडीत विर वहादुर नेपालीका वुवा नेत्र वहादुर नेपालीलाई प्रमुख अतिथि डिआरजी सुमन र कल्वका अध्यक्ष देव वहादुर जीसी लगायतको कल्वका सदस्य अनि स्थानीयहरुको उपस्थितीमा नगद रु नौ हज़ार तीन सय तीस रुपैया हस्तान्तरण भएको छ ।
तस्वीर डिआरजी सुमन/अर्घाखाची डटकम्