छत्रदेबका कांग्रेस नेता नेकपामा प्रवेश

शोभाखर पन्थी
छत्रदेब, अर्घाखाँची / कार्तिक ३० नेपाली कांग्रेस छत्रदेव गाउँपालिका अर्घाखाँचीका नेता रामकुमार गिरी नेपाल कम्युनिस्ट पार्टी नेकपामा  प्रवेश  गर्नु भएको छ । नेपाली कांग्रेस केरुङ्गाको पुर्व सचिव समेत रहनुभएका उहाँले लामो समय देखि नेपाली कांग्रेसमा रहेर काम गर्दै आउनु भएको थियो । विभिन्न संघसंस्थामा आबद्ध गिरी जनता बीच लोकप्रिय नेता हुनुहुन्छ ।
उहाँ लाई नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनाराय आचार्यले फुलमाला र अबिर लगाएर स्वागत गर्नु भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै उहाँले नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको बर्तमान सरकारले जनताको पक्षमा धेरै काम गरेको बताउनुभयो । वर्तमान सरकार देश र जनताप्रति समर्पित रहेको भन्दै उहाँले जनअपेक्षा पुरागर्ने प्रतिबद्धता जनाउनु भयो ।प्रदेश सभाका सदस्य समेत रहनु भएका उहाँले जिल्लाको पुर्वाधार बिकासमा यस बर्ष जिल्लामा एक अर्ब बढीका योजना संचालनमा रहेको भन्दै अर्को बर्ष बजेट दोब्बर गराउन पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टी छत्रदेव वडा नं. ४ का ईन्चार्ज रुपलाल पन्थीको अध्यक्षता र वडा कमिटीका अध्यक्ष भिमलाल खनालको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला कमिटी सदस्य दिपक पन्थी ,स्थानीय नेताहरू सेर बहादुर सारु,प्रकास बन्जाडे लगायतका बक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।

अन्य समाचारहरु