रामु खनाल
नोभेम्बर १५ मा नेपाली दुतावास बहराइनले आयोजना गरेको ” Visit Nepal 2020 को प्रवर्द्धनात्मक तथा अन्य सुचनामुलक अन्तरक्रिया कार्यमा” बहराइनमा रहेका अन्य संघसस्थाहरुले जस्तै अर्घाखाची प्रवासी समाज बहराइनले पनि आफ्नो बिचार एव सल्लाह सुझाब प्रस्तुत गरेको छ । अन्तरक्रिया कार्यक्रमा अर्घाखाची प्रवासी समाज बहराइनको तर्फ बाट सस्थाका द्धितीय उपाध्यक्ष करुण टण्डन र प्रवक्ता रामु खनालको उपस्थिति रहेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा सस्थाका द्धितीय उपाध्यक्ष करुण टण्डनले आफ्नो बिचार राख्नु हुदै सरकारले Visit Nepal 2020 मनाउदै गर्दा २० लाख पर्यटकको लागी सहज एव सुलभरुपमा उपयुक्त भौतिक पूर्वाधार हुनु पर्ने , नेपालमा जाने पर्यटको लागि सुरक्षाको उचित हुनुपर्ने , पर्यटकहरुलाई चाहिने हरेक सेवा सुविधामा सहज पहुच हुनु पर्ने , विमानस्थल पर्यटक मैत्री हुनु पर्ने तथा बहराइन बाट नेपाल सिधा हवाई सेवा सन्चालन हुन सक्यो भने Visit Nepal 2020 थप उपलब्धि मुलक एव सफल बनाउन सकिने बिचार व्यक्त गर्नु भयो । Visit Nepal 2020 को लागी अर्घाखाची प्रवासी समाज बहराइनको सस्थागत तर्फ बाट साथसाथै आफ्नो व्यक्तिगत तर्फबाट बहराइन बाट नेपाल पर्यटन पठाउनको लागी सक्दो भूमिका निर्वाह गर्ने बताउनु भयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा बहराइनमा क्रियाशील संघसस्थाका प्रतिनिधिहरु , नेपाली दुतावास बहराइनका राजदुत पदम सुन्दास सहित अन्य नेपालीहरुको भब्य उपस्थिति रहेको थियो। उक्त कार्यक्रम दुतावासको सभाहलमा सम्पन्न भएको थियो। उक्त कार्यक्रम डिपुटी चिफ अफ द मिशन अरुणा घिसिङ्गले सहजीकरण गर्नुभएको थियो ।