नेकपा मालारानी ३ को उपनिर्बाचन लागि महिला तथा युबा भेला सम्पन्न, राष्ट्रिय जनमोर्चाले सहयोग गर्ने

कोपिला आचार्य
मालारानी, अर्घाखाँची । नेकपा मालारानी ३ को आयोजनामा महिला तथा युबा भेला सम्पन्न भएको छ ।
 नेकपा प्रदेश कमिटी सदस्य तथा कार्यक्रममा प्रमुख अतिथी नरेन्द्रकुमार क्षेत्रीले मंसिर १४ गते हुने उपनिर्बाचनको लागी निर्माण भएका समितीहरुलाई टोल टोलमा पुगेर काम गर्न निर्देशन दिनु भएको छ । नेकपा नेतृत्वले गरेका बिकाशका कामलाई जनतामाझ पुराउन समेत उहाँले आग्रह गर्नु भयो । नेकपाका तर्फबाट उम्मेद्धवार यमलाल खनालले मालारानी ३ लाई नमुना बनाउनको लागी आफु निरन्तर लाग्ने र नेकपाका नेता ,कार्यक्रता र सुबेच्छुकहरुको शिर झुक्न नदिने बताउनु भयो । 
मालारानी ३ मा राष्ट्रिय जनमोर्चाले नेकपाका उम्मेद्धवार यमलाल खनालाई सहयोग गर्ने राजमोका नेता हरि नेपालीले बताउनु भयो । कार्यक्रममा नेकपा कार्यालय सदस्य जनार्दन खनाल , मालारानी ईन्चार्ज एमबी पाण्डे , सहईन्चार्ज तिलक मिश्र , नेकपा संगठन कमिटी अध्यक्ष शालिकराम आचार्य , सचिब शिबलाल कुवँर ,नेकपा जिल्ला कमिटी सदस्यहरु बालकृष्ण आचार्य , प्रमिला क्षेत्री , दिपा पोख्रेल , नारायण अर्याल नेकपा नेताहरु पदम क्षेत्री , नेकपा जिल्ला कार्यालय सचिब लिलबहादुर बि.क , बस्नत खड्का , पुतला खनाल , जेष्ठ नागरिक मञ्च प्रदेश सचिब , ईश्वरी खनाल , जेष्ठ नागरिक मञ्च जिल्ला सचिब मणि खनाल , नेकपा मालारानी संगठन कमिटी सदस्य बिमला चौहान , लगाएतका नेताहरुले निर्बाचनको लागी सबै क्षेत्रबाट लाग्न आग्रह गर्नु भएको थियो । 
भेलाले महिला परिचालनको लागी निर्मला खड्का र तुलसा खड्काको संयजकत्वमा ३५÷३५ सदस्यी समिती गठन गरिएको छ । युबा परिचालनको लागी देबिराम पोख्रेल संयोजक , गुणनिधी पोख्रेल र सूर्यबहादुर बिक सह संयोजक रहेको ३५÷३५ सदस्य रहेको युबा परिचालन समिती गठन गरिएको छ । 
उक्त भेलामा २ सय ५ जनाको सहभागीता रहेको प्रचार बिभाग प्रमुख तिलक मिश्रले बताउनु भयो । भेलाको अध्यक्षता वडा नं ३ कमिटीका अध्यक्ष डण्डपानि पोख्रेलको अध्यक्षता र नामदेब पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु