रुद्रमणि भुसाल
सन्धिखर्क, अर्घाखाँची मंसिर १ । अर्घाखाँचीका समाजसेबी सचिन पाण्डेको सक्रियतामा अर्घाखाँचीका दुई जना मृगौला पिडित र २ जना क्यान्सर रोग पिडित बिरामिलाई छुटाछुटै गरि ४० हजार रकम हस्तान्तरण गरिएको छ ।
रुपन्देही घरभईहाल अष्टेलिया निबासी मनिषा गुरुङ्गले छोराको जन्मदिनको अबसरमा विभिन्न रोगलागेका बिरामि, अपांग पिडित आर्थिक बिपतमा परेका दुखिहरुलाई सहयोग गर्न दिएको चालिसहजार रुपैयाँ रकम आज काठमाडौ टिचिङ्ग अस्पतालमा उपचार गराइ रहनुभएका अर्घाखाँचीको पाणिनी गाउपालिका १२ बर्षिय दुबै मृगौला पिडित वीर बहादुर नेपालीलाई पन्धहजार सितगंगा नगरपालिका निवासी मृगौला रोगपिडित २१ बर्षिय अम्बर नेपालीलाई दशहजार , र छत्रदेब गाउँपालिका वार्ड नं. ४ का सृष्टि सुनार र सुस्मा सुनार १५ हजार गरि ४० हजार रुपैयाँ आज हस्तारन्तरण गरिएको छ ।
अर्घाखाँचीमा महिला नेतृ शान्ता भण्डारी , धातिबाङ्ग वार्ड नंं ६ वडा अध्यक्ष शुब बहादुर सारु , पत्रकार रुद्रमणि भुसाल ,बसन्त श्रेष्ठ, सुरज रायमाझी समाजसेबी क्षमा कार्की लगायतले १२ बर्षिय दुबै मृगौलारोग पिडित बालक वीर बहादुर नेपाली पन्धहजार उनका बुबा नेत्र बहादुर नेपालीलाई प्रदान गरिएको छ । भने काठमाडामौ सितगंगाका मृगौला रोगपिडित २१ बर्षिय अम्बर नेपालीलाई समाजसेबी सचिन पाण्डे र पत्रकार अभिनब चौहानले दशहजार रुपैया रकम प्रदान गनु भएको हो ।
सामाजिक अभियान्ता सचिन पाण्डेले अर्घाखाँचीका विभिन्न पिडितलाई फेसबुक मार्फत अभियान चलाई बचाउदै आएका छन्।