बल्कोटको धारीचौरमा प्रहरीको महिला हिंसा तथा चोरी डकैती रोकथाम सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
धारीचौर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. २ बल्कोटको धारीचौरमा प्रहरीको महिला हिंसा तथा चोरी डकैती रोकथाम सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।    
 प्रहरी चौकी बल्कोट अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार धारीचौर भन्ने स्थानमा स्थानियवासी, बुद्धिजिवी, महिला तथा युवाहरुको उपस्थितिमा प्र.स.नि. रामबिलास यादबले महिला हिंसा तथा चोरी डकैती रोकथाम सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको थियो । 

अन्य समाचारहरु